कोरोना परीक्षण स्याम्पल बोकेको डब्लूएचओको गाडीमाथि आक्रमण, चालकको मृत्यु
म्यानमारको रखाइन राज्यको मिन्ब्यामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाडीमाथि आक्रमण हुँदा चालकको ज्यान गएको छ। कोरोना भाइरसको परीक्षण स्याम्पल बोकेको गाडीमाथि अज्ञात समूहले अन्धाधुन्द गोली प्रहार गरेको हो।
आक्रमणमा परेर गाडीका चालकको मृत्यु भएको र एक सरकारी अधिकारी गम्भीर घाइते भएको सिएनएनले जनाएको छ। उक्त आक्रमणमा चालक २९ वर्षीय प्ये सोने विन माउङको निधन भएको हो।
डब्लुएचओले सो आक्रमणको भत्सर्ना गरेको छ । डब्लुएचओकी दक्षिणपूर्वी एसिया निर्देशक पुनम खेत्रापाल सिंहले स्वास्थ्यकर्मीमाथि हुने सबैखाले हिंसाको निन्दा गरेकी हुन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सो घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। –एजेन्सी
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



