लसएन्जलस शहरमा हलिउड नेपाल मार्च महोत्सव सप्पन्न
क्यालिफोर्निया । नेपाली ग्लोबल युएसएले क्यालिफोर्निया स्थित लस एन्जलसको हलिउडमा नेपाल मार्च महोत्सव सम्पन्न भएको छ । नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटन विकास गर्नेतथा नेपाली उत्पादन विश्व बजारमा प्रबंधन गर्ने उद्धेश्यले यस फेस्टिबलको आयोजन भएको हो ।
कार्यक्रमा विभिन्न जातजातिले आ-आफ्नो भेषभुषा चिनाउने उदेश्यले प्रदर्शन गर्नु भएको थियो बिशेष गरी नेपालमा मात्र नभइ अमेरिकामा बसेर पनि थारु भाषा,कला र साँस्कृतीलाई जगेर्ना र बिदेशमा पनि थारु भेषभुषालाई चिनाउने उद्देश्यले थारु भेषभुषामा सजिएको त्यहाँ बसोबास गर्ने थारु जातिहरुले आफ्नो पहिचान देखाउनु भएको चितवन अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा सफल युवा व्यवसायी अमृत महतोले जानकारी दिनु भयो । उहाँले चितवनबाट थारुको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।
नेपाल मार्च फेष्टिवल सफल बनाउन नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा नेपाली ग्लोबल अमेरिकाका अध्यक्ष ईन्दिरा त्रिपाठी,नेपाली ग्लोबल क्यालिफोर्निया चाप्टरका अध्यक्ष मदन पाण्डे ,समाजका क्रियाशील सुबास शम्सेर भण्डारी अशोक राज भण्डारी,अर्जुन पौडेल,मुना प्याकुरेल, भुवन पौडेल,जोसेप घले,सुनिता खत्री,धुब्र कुंवर, पारू के।सी, बिन्दु सापकोटा, बिष्णु के.सी, नवाँ तिवारी, गणेश भट्टराई , हेम बहादुर थकुल्ला, वबिन थापा कृष्ण देवकोटाका सहितको आयोजक समितिले महोत्सवलाई भव्य रुपमा सफल पार्न सशक्त भुमिका खेल्नु भएको थियो ।
कार्यक्रममा नेपाल सरकार र अन्तर्राष्ट्रीय नेपाली डायस्पोराका नेपालीहरुको साँझा संस्था एनआरएन लगायत क्यालिफोर्नियाको विभिन्न संघ संस्थाहरुको प्रमुख एंव प्रतिनिधि र पत्रकारहरु लगायत सामाजिक अभियान्तहरुको समेत सहभागीता रहेको नेपाली ग्लोबलका अन्तर्राष्ट्रीय उपाध्यक्ष टेक वाईवा लामाले जानकारी दिनुभएको छ ।
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
११ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४