add post
  • Terai Nepal
  • २०८२ भाद्र ८ गते, आईतवार १३:५९ मा प्रकाशित

थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षता पुनः दीपनारायण चौधरी चयन

थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षता पुनः दीपनारायण चौधरी चयन भएका छन्। सिड्नीको इन्द्रेणी फन्क्सन सेन्टर रकडेलमा भएको चौथो अधिवेशनबाट चौधरी पुन अध्यक्ष चयन भएका हुन्। यसअघि पनि उनी लगातार दुई कार्यकाल अध्यक्ष बनेका थिए।

त्यस्तै उपाध्यक्षमा निमेष लेखी र विनय चौधरी, महासचिवमा मधुकर चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सह-कोषाध्यक्षमा उपासना चौधरी, पब्लिक रिलेशन अफिसरमा अरुण आर्यण चौधरी, कल्चरल सक्रेटरीमा पूजा चौधरी, स्पोर्ट्स सेक्रेटरीमा रोहन चौधरी, स्टुडेन्ट कोअर्डिनेटरमा हृदेश चौधरी, स्टुडेन्ट सह कोअर्डिनेटरमा हरि कृष्ण चौधरी र आइटी कोअर्डिनेटरमा उमेश चौधरीलाई नै निरन्तरता दिइएको छ।

त्यस्तै संस्थाको कार्यसमिति सदस्यहरूमा सुनाम चौधरी, सिद्धान्त चौधरी, रञ्जना चौधरी, नजमा चौधरी, श्वेता चौधरी, रञ्जना चौधरी, सागर चौधरी, श्रुति गच्छादार, अस्मिता खोजवार, मिलन चौधरी, रितेश चौधरी र सन्दीप चौधरी रहेका छन्। महिला सहभागिता बढाउने उद्देश्यले संस्थाले संयोजकमा मिश्रा कुमारी चौधरी, सहसंयोजकमा श्रुति चौधरीलाई जिम्मेवारी दिएको छ। त्यस्तै संस्थाले रामेश्वर चौधरी वरिष्ठ सल्लाहकार रहेको र दुर्गानन्द चौधरी तथा जानुका चौधरी सल्लाहकार रहेको तीन सदस्यीय सल्लहाकार समितिको पनि गठन गरेको छ।

संस्थाका पव्लिक अफिसर अरूण चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको अधिवेशनमा अध्यक्ष दीप नारायण चौधरीले संस्थाको स्थापना कालदेखि हालसम्म भएको प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रिंकु चौधरीले संस्थाको आय-व्यय प्रस्तुत गरेका थिए। अध्यक्ष्यमा पुनः निर्वाचित भएका दीपनारायण चौधरीले संस्थालाई अझै सबल बनाउँदै, विविध परोपकारी कार्यहरूसहित थारू समुदाय तथा विद्यार्थीमा पर्ने विविध समस्यामा विगतमा जस्तै संस्था सहयोगी रहने बताए।

२४औं विश्व आदिवासी दिवसको अवसर पारेर ९ अगस्ट २०१८ मा संस्था स्थापना गरी कार्य समिति गठन गरिएको थियो। नेपालको विभिन्न भूभागबाट अष्ट्रेलिया आई विभिन्न पेसा-ब्यबसाय र अध्ययन-अध्यापनमा रहेका थारू समुदायबीच साझा चौतारीको रूपमा यो संस्था स्थापित भएको हो।

स्थापनाको छोटो समयमै थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाले समुदायमा हुने विविध सामाजिक एवं परोपकारी कार्यमा सक्रिय सहभागिता जनाउँदै उदहरणीय रूपमा प्रस्ततु हुन सफल रह्यो। यसका अलावा यहाँ रहेका सबै संघ-सस्थाहरूसँग आपसी सद्‍भाव राख्दै संस्कृतिक विविधता भएको थारू समुदायको कला, भाषा संस्कृति, रहनसहन र चाड-पर्वलाई थारू समुदाय र अन्य नेपाली समुदायमाझ परिचित गराउन पनि संस्था सफल रह्यो। Source: Tharuwan.com