add post
  • Terai Nepal
  • २०७७ बैशाख ४ गते, बिहीबार २०:२७ मा प्रकाशित

सप्तरीमा खाद्यान्न भन्दै मदिरा ओसारपसार गर्ने ट्रयाक्टरसहित चालक पक्राउ

४ वैशाख सप्तरी आवश्यक खाद्यान्न भन्दै ट्रयाक्टरमा लोड गरी मदिरा लैजाने क्रममा विहीबार  सप्तरीमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार महादेवा गाँउपालिका वडा नम्वर १ निवासी ३२ वर्षिय श्रवण मण्डललाई प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्रयाक्टरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहान करिब ५.३० बजेको समयमा सोधपुछ गर्दा अत्यावश्यक बस्तु खाद्यान्न हो भनी बहाना बनाई लैजाने क्रममा शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो ।
उक्त ट्रयाक्टरबाट दिलेवाले नामक मदिरा ९० कार्टुन, एम्बिसन नामक मदिरा २० कार्टुन, गोल्डहली नामक मदिरा ६ कार्टुन बरामद गरिएको छ ।
ट्रयाक्टर सहित चालक मण्डललाई आवश्यक कारवाहीकोलागि विहीबारै जिल्ला प्रशासन कार्यालय पठाईएको भारतीले जानकारी दिएका छन् । Source:janatajagran