सप्तरीको पहिलो महिला प्रमुख बनिन् गीता चौधरी
सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता चौधरी निर्वाचित भएकी छन्। उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।
उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा (एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४ हजार २ सय ७० मत प्राप्त गरे। यसअघि जिल्लाको कुनै पनि स्थानीय तहमा महिला नगरप्रमुखमा निर्वाचित भएका थिएनन्।
यसपटक थारु समुदायबाट दुई जना महिना नगर प्रमुखमा निर्वाचित भएका छन्। यसअघि नेकपा एमालेकाबाट ताराकाजी महतो थारु चितवनको माडी नगरपालिकामा निर्वाचित भएकी थिइन्।
तयस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै रूद्र बहादुर कार्की विजय भएका छन्। उनले ६ हजार २ सय ७५ मत प्राप्त गरेका छन्। उनका निकटत प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का सुनिता कुमारी मुखियाले ३ हजार ९ सय ९८ मत प्राप्त गरिन्।
तराईसबै
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि