add post
  • Terai Nepal
  • २०७७ बैशाख १ गते, सोमबार १५:५५ मा प्रकाशित

सप्तरीको खडक नगरपालिकामा लकडाउन नियन्त्रण गर्ने क्रममा ६५ बर्षिय महिलाकाे मृत्यु ।

सप्तरीमा लक डाउनका बेला बाहिर निस्केकी एक महिलाको मृत्यु भएको छ।

सोमबार बिहान खडक नगरपालिकामा प्रहरीले लक डाउन उल्लंघन नगर्नुस् भनेर सम्झाउँदै गर्दा ६५ वर्षीया जैनव खातुन ढलेकी थिइन्।

प्रहरीले तत्कालै उनलाई  स्थानीय अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए।

‘प्रहरी गस्ती गइरहेको अवस्थामा केहीले लकडाउन उल्लंघन गरेको देखेपछि उनीहरूलाई यसो गर्न भएन भन्दै थिए,’ एसपीले भने,’त्यही क्रममा प्रहरीलाई देखेर वा यत्तिकै हुन सक्छ एक वृद्ध महिला ढलिन्।’

उनलाई सगरमाथा अञ्चल अस्पताल पुर्‍याउँदा हृदयघातका कारण मृत्यु भएको घोषणा गरेको एसपी प्रसाईले बताए।

‘उनी दम र मुटुकी रोगी पनि थिइन्,’ उनले भने,’अस्पतालका डाक्टर अनुसार हृदयघात भएको भनेका छन्।’