add post
  • तराई नेपाल
  • २०७७ पुष २६ गते, आईतवार २०:२१ मा प्रकाशित

सप्तरीको कुशहामा थारु माघी / तिल्ला संक्राइत महोत्सव हुने

पौष २६ सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ कुशहा फुटबल खेल मैदानमा जिल्लास्तरीय थारु माघी / तिल्ला संक्राइत महोत्सव  थारु कल्याण्कारी सभा जिल्ला कार्य समिति सप्तरीको आयोजनामा हुने भएको हो ।

‘हाम्रो भाषा कला संस्कृति र पहिचान, संरक्षण सम्वद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ थारुहरुको भेषभुषा, कला सस्कृतिको संरक्षण, सम्वद्र्धन तथा जगेर्ना गर्र्ने उदेश्यले माघ १ गते कार्यक्रमको आयोजना गर्न लागिएको थारु कल्याण्कारी सभा सप्तरीका सभापति तथा महोत्सव मुल आयोजक समितीका अध्यक्ष शिव नारायण चौधरीले बताए ।

सुरुङ्गा नगरपालिका वडा न. ५ कुशहा फुटबल खेल मैदानमा थारुहरू नयाँ वर्ष २६४५ हुने थारु माघी / तिल्ला संक्राइत महोत्सवमा थारु समुदायको कला, संस्कृति झल्किने नाच, गीत स्थानिय उत्पदित थारु समुदायको सामाग्रीहरुको प्रदर्शन, थारु खानाका परिकार लगायतका स्टल रहने छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्व युवा तथा खेलकुद मन्त्री माननीय तेजु लाल चौधरी आउने आयोजकले जनाएका छन् ।