add post
  • Terai Nepal
  • २०७९ श्रावण २५ गते, बुधबार १४:५३ मा प्रकाशित

श्रावण २८ गते कविला रिसोर्ट दाङमा मिस्टर एण्ड मिस थारुको अडिसन हुने

जह इन्टरटेन्मेन्टले संचालन गरिरहेको नेपालको एकमात्र राष्ट्रिय स्तरको थारु सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस थारु २०२२ (चौथो संस्करण) को लागि दाङमा यहि श्रवण २८ गते अडिसन हुदैछ।

दाङको कविला रिसोर्टमा बिहान ११ बजे देखि सुरु हुने अडिसनको लागि थारु कल्याणकारी सभा दाङ देउखुरीका अध्यक्ष भुवन चौधरी, महेन्द्र बहुमुखी क्याम्पसका उपप्रमुख तथा मार्क कलेजका प्रोफेसर केबी चौधरी, तेस्रो संस्करणको प्रतिस्पर्धी तथा चिकित्सक सरु चौधरी निर्णायक मन्दलमा हुनुहुन्छ।

प्रतियोगिताको पहिलो संस्करणमा चन्दन र जेनिसा चौधरी पहिलो मिस्टर एन्ड मिस थारु हुन सफल भएका थिए भने दोस्रो संस्करण बाट आकृती र रविन चौधरी तथा तेस्रो संस्करण बाट प्रसान्त र लिभा चौधरी मिस्टर एन्ड मिस थारुको ताज जित्न सफल भएका थिए।

प्रतियोगितामा १८ देखि २८ बर्ष सम्मका कम्तीमा SLC/SEE उत्तीर्ण जो कोहि इक्छुक युवायुवतीहरु सहभागी हुन पाउने प्रावधान रहेकोछ। छनौटमा पर्न सफल सहभागीहरुलाई एक महिनाको तालीम पश्चात प्रतिस्पर्धामा उतारिन्छ। विजेतालाई नगत तथा जिन्सी,भ्रमण लगायत विभिन्न शिर्षकमा पुरस्कार तथा अवसरहरु प्रदान गरिनेछ।