मिस्टर एण्ड मिस थारु को पहिलो अडिसन ४ ठाउँ समपन्न !
थारु समुदायको मौलिक संस्कार, परम्परा लगायत बौद्धिक, सौन्दर्य प्रतिभालाई प्रवद्र्धन गर्न मिस्टर एण्ड मिस थारु २०२२ को चौथो संस्कारणको अडिसन सुरु भएको छ । जह इन्टरटेनमेन्ट प्रा.ली.को आयोजनामा पहिलो चरणको अडिसन साउन २१ गते शनिवार ( आज ) देशको चार ठाउँ झुम्का , बिरगंज , चितवन र नेपालगन्जमा समपन्न भएको हो । झुम्काको अडिसनमा १२ जना सहभागी जनाएका छन् भने सबिना चौधरी , बन्धना चौधरी र आशिश चौधरी ३ गरि जना सलेट भएका थिए । अडिसनकालागि निर्णायकमा संगीतकार सुनिल चौधरी अधिकार कर्मी सिता थरुनी, मिस थारु २०२१का सकेन्ड रनरअप लक्षमी चौधरी र कलाकार/ मोडेल मिस्टर थारु २०१८ का फान्लिस्ट राजिभ चौधरी थिए ।
बिरगंज अडिसनमा ७ जना सहभागी जनाएका छन् भने मुसकान चौधरी, निशा चौधरी, र करिना चौधरी गरि ३ जना सलेट भएका थिए ।
अडिसनकालागि निर्णायकमा संचारकर्मी दिपेन्द्र चौधरी, सामाजिक अभियता बिजया ओझैया, सामाजिक अभियता शेखर चौधरी, मिस्टर थारु २०२१ का फस्ट रनरअप रबि चौधरी र सामाजिक अभियता लिला राज चौधरी थिए।
चितवन अडिसनमा १३ जना सहभागी जनाएका छन् भने सोनु महतो पंजियार सुरेश दहित रुपा चौधरी र स्मृति चौधरी थारु गरि ४ जना सलेट भएका थिए ।
अडिसनकालागि निर्णायकमा थारु कलाकार संघ चितवनका अध्यक्ष सुरेश चौधरी , थारु पर्तिभा पुरस्कार २०६२ का बिजेता डा.अमित चौधरी , मिस नेपाल २०२० का फान्लिस्ट आयुस्मा श्रेष्ठ र मिस थारु २०२१का बिजेता लिभा थारु थिए। र
नेपालगन्जमा अडिसनमा ८ जना सहभागी जनाएका छन् भने आशिष थारु , निशान थारु , अशोक थारु , लाल बहादुर रत्गैया , भाबना चौधरी र माया चौधरी गरि ६ जना सलेट भएका थिए । अडिसनकालागि निर्णायकमा संचारकर्मी सामाजिक अभियता परजल श्रेष्ठ , थारु कलाकार /गायीका श्रीदेवी थारु , निर्देशक कोरियोग्राफर सुरज देव कुस्मिया र मिस थारु २०२१का फान्लिस्ट निरु थारु थिए ।
यसैगरी साउन २४ गते बिराटनगर, लाहान,टिकापुरको कैलालीमा हुने छन् भने साउन २८ गते बुटवल, दाङ र काठमाण्डौमा हुनेछ । प्रतियोगीहरु छनौट भएर काठमाण्डौमा हुने फिनालेकालागि सहभागी हुने छन् । प्रतियोगिताको फिनाले भदौ २५ गते हुने आयोजकले जनाएको छ ।