भारतमा एकैदिन कोरोनाबाट १०९२ जनाको मृत्यु
भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा एक हजार ९२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५२ हजार ८८९ पुगेको छ ।
त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २७ लाख ६७ हजार २७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६४ हजार ५३१ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका २० लाख ३७ हजार ८७१ संक्रमित डिस्चार्ज वा निको भइसकेका छन् । Source: onlinekhabar
तराईसबै
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
६ महिना अगाडि -
बारामा मतगणना सुरु
८ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
८ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि