डब्लुएचओको चेतावनी नयाँ प्रकोपका लागि तयार हुन
विश्व स्वास्थ्य संगठनले विभिन्न देशले लकडाउन खुकुलो बनाएसँगै कोरोना भाइरस समाप्त भइ नसकेकोले नयाँ प्रकोपका लागि तयार हुन चेतावनी दिएको छ ।
डब्लुएचओका विश्वप्रतिनिधि डा. डेभिड नाबारले कोरोना भाइरसका लागि जारी गरिएका लकडाउन मापदण्डहरु खुला गरिएसँगै मानिसहरुको आवतजावत र सामाजिक दूरीको नियम उल्लंघन भएकोले नयाँ प्रकोपका लागि तयार हुनुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो ।
उहाँले लकडाउन खुकुलो भएपनि मानिसहरुले भौतिक दूरी कायम गर्ने बानी पार्नुपर्ने र सजगता अपनाउन आवश्यक रहेको बताउनुभएको छ । त्यसैगरी कोही बिरामी मानिसहरु भएमा आफैंलाई आइसोलेट गर्न पनि डब्लुएचओले सुझाएको छ ।स्रोत: नेपाल टेलिभिजन
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



