add post
  • Terai Nepal
  • २०७७ बैशाख २० गते, शनिबार १०:२५ मा प्रकाशित

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै

भारतमा कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ।

शुक्रबार एकै दिन भारतमा कोरोनाका झण्डै २४ सय नयाँ संक्रमित थपिएका छन्। शुक्रबार एकै दिन भारतमा २३ सय ९४ नयाँ संक्रमित थपिएका छन् भने ६९ जनाले ज्यान गुमाएका छन्।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ सय २३ पुगेको छ। संक्रमितको संख्या ३७ हजार नाघेको छ। अहिलेसम्म भारतमा एक हजारभन्दा धेरै उपचारपछि निको भएका वर्ल्डओमिटरले जनाएको छ।

कोरोना महामारी फैलिन नदिन भारत देशव्यापी लकडाउन जारी छ। भारतको केन्द्रीय सरकारले शुक्रबार दुई साताको लागि लकडाउन थपरेर मे १७ तारिख अर्थात् जेठ ४  गतेसम्म पुर्याएको छ।

कोरोना संक्रमणका हिसाबले ग्रीन जोन अथवा सुरक्षित ठाउँहरुमा भने लकडाउन केही खुकुलो बनाइने भारतको केन्द्रीय सरकारले जनाएको छ। Source: NepalKhabar