आगामी वर्ष सारिएको ओलम्पिक तोकिएको समयमा नभए रद्द हुने
एजेन्सी : कोरोना महामारीसँग निरन्तर जुधिरहेको विश्व खेलकुद क्षेत्रका लागि टोकियो ओलम्पिक आयोजना थप अनिश्चित बनेको छ। टोकियो २०२० विश्वकप समितिका अध्यक्ष योसिरो मोरीले आगामी वर्ष सारिएको ओलम्पिक तोकिएको समयमा नभए रद्द हुने बताएका छन्। उनले कोरोना भाइरस पूर्ण नियन्त्रणमा आए मात्र खेल हुने सम्भावना रहेको भन्दै त्यसो हुन नसके ओलम्पिक रद्द हुने बताएका हुन्। अन्तराष्ट्रिय ओलम्पिक कमिटी र जापान सरकारले गत महिना ओलम्पिकको नयाँ मिति घोषणा गर्दै २३ जुलाई २०२१ बाट प्रतियोगिता गर्ने निर्णय गरेको थियो।जापानको स्पोर्टस डेलीलाई दिएको एक अन्तर्वातामा मोरीले २०२२ सम्म ओलम्पिक पछि सर्न नसक्ने र अब तोकिएको समयमा प्रतियोगिता नभए रद्द हुने बताएका हुन्। मोरीले यसअघि पहिलो विश्वयुद्धताका ओलम्पिक रद्द गरिएको भन्दै अदृश्य दुश्मन विरुद्धको अहिलेको युद्ध पनि विश्वयुद्ध भन्दा कम नभएको बताए। उनले भने, ‘यदि अदृश्य दुश्मन विरुद्धको लडाँइमा जित हात पार्दै भाइरस नियन्त्रणमा लिन सकेमा आगामी वर्ष प्रतियोगिता निश्चित हुने छ।’ यसअघि जापानी मेडिकल एसोसिएसन प्रमुख योसिटेके योकोकुराले कोरोना भाइरस भ्याक्सिन पता लगाउन नसके ओलम्पिक हुने सम्भावना कमजोर रहने बताएका थिए। उनले स्पष्ट रुपमा जापान मात्र सक्षम भएर नहुने भन्दै विश्वभरबाट आउने हजारौं संख्याका खेलाडी तथा खेल पधाधिकारीहरुको जम्घट हुने भएकाले कोरोनाको समुल अन्त नभई प्रतियोगिताको जोखिम मोल्नु नहुने उनले बताएका थिए। ओलम्पिकको १२४ वर्षको इतिहासमा ३ पटक प्रतियोगिता रद्द भएको थियो भने गत महिना पहिलो पटक प्रतियोगिता सारिएको थियो। पहिलो विश्वयुद्धको समयमा १९१६ मा बर्लिनमा आयोजना हुने तय भएको ओलम्पिक रद्द गरिएको थियो भने १९४० मा टोकियो र १९४४ मा लण्डन ओलम्पिक रद्द गरिएको थियो। १९४० मा टोकियोमा नै तय भएको ओलम्पिक चीनसँगको युद्धका कारण रद्द गरिएको थियो।
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
८ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
८ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि