काम नलागेको भन्दै भारतले चीनसँग गरेको र्यापिड टेस्ट किटको अर्डर रद्द गर्यो

एजेन्सी– भारतले चीनसँग पाँच लाख र्यापिड टेस्टिङ किट किन्ने अर्डरलाई अहिलेका लागि रद्द गरिदिएको छ । यो टेस्टिङ किट त्यहाँ प्रयोगमा आए पनि यसले दिएको नतिजा विश्वसनीय नभएको मानिएको छ ।
भारतको केन्द्र सरकारले पनि विभिन्न राज्यमा पठाएको टेस्टिङ किट फिर्ता मागेको छ । यी किट्सबाट संक्रमितको रगतमा भएको एन्टीबडी पत्ता लगाउने गरिएको थियो ।
र्यापिड टेस्टिङ किटबाट परिणाम आउन जम्मा ३० मिनेटको समय लाग्छ । यसमा अधिकारीहरुले संक्रमण भएको वा नभएको भन्ने थाहा पाउने सक्ने सिस्टम रहेको हुन्छ ।
तर, यसले कोरोनाभाइरस भएको या नभएको भन्ने थाहा दिन सक्दैन । त्यसैले त्यहाँ वैज्ञानिकहरुले यसको परीक्षणबारे प्रश्न उठाएका थिए ।
अर्कोतिर, चीनले भारतका यी दाबीहरुलाई खारेज गरिदिएको छ । भारतमा रहेको चिनियाँ दूतावासका प्रवक्ता जो रोङले मंगलबार एक विज्ञप्ति निकाल्दै भनेका छन्, ‘चीनबाट निर्यात गरिएका चिकित्सा उत्पादनको गुणवेत्तामा सधैं प्राथमिकता दिइएको हुन्छ । चिनियाँ उत्पादनलाई दोषी भन्नु अनुचित मात्र होइन, पूर्वाग्रह पनि हो ।’
त्यसो त भारतका केही राज्यले र्यापिड टेस्ट किट प्रयोग गर्ने वित्तिकै यसको विश्वसनीयतामा प्रश्न उठाएका थिए ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



