दार्चुला सदरमुकामपारि नारा- आफ्नो जनता फिर्ता ले
दार्चुला सदरमुकामपारि भारतीय भूमिमा अलपत्र परेका नेपालीहरूले आफ्नो देश फर्किन पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका छन्।
भारतका विभिन्न ठाउँबाट आएका उनीहरू नाका बन्द भएपछि नेपाल पस्न पाएका छैनन्। सीमामै आएर आफ्नो देशमै प्रवेश नपाएपछि उनीहरूले नाराबाजी गरेका हुन्।
‘आफ्नो जनता फिर्ता ले, नेपाल नाका खुला गर’ भन्दै उनीहरूले नाराबाजी गरिरहेको भिडिओ सामाजिक सञ्जालमा पोष्ट भएको छ।
सोही भिडिओलाई रिट्वीट गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीहरूलाई छिट्टै नेपाल आउने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
‘आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो?,’ देउवाले लेखेका छन्,‘दार्चुला सदरमुकामपारि रहेका सयौं नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु।’
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अनिवार्य क्वारेन्टिनमा बस्ने गरी सीमामा अलपत्र नेपालीलाई देशमा आउन दिने निर्णय गरेको थियो।
तर सोमबार ११ बजेसम्म उनीहरूलाई नेपाल फर्काउनेबारे प्रशासनले पक्रिया थाल्न सकेको छैन। किनकी मन्त्रिपरिषदको उक्त निर्णय अहिलेसम्म जिल्ला प्रशासन कार्यालय त परको कुरा सिंहदरबारभित्रैको गृह मन्त्रालयमा आइपुगेको छैन।
‘हामी उनीहरूलाई ल्याउन तयार छौं। गृहमा सोधेका पनि छौं तर उहाँहरूले केही निर्देशन दिनुभएको छैन,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सेतोपाटीसँग भने,‘उहाँहरूलाई राख्ने ठाउँ हामीले व्यवस्थापन गरिसकेका छौं तर माथिको आदेश नआई ल्याउन मिलेन।’
यता गृह मन्त्रालयले भने मन्त्रिपरिषदको निर्णयको प्रति अहिलेसम्म आइनसकेको बताएको छ।
‘म अफिसमै छु। मैले पनि समाचारमा क्याबिनेटले सीमामा रहेका नेपालीलाई आउन दिने निर्णय गर्यो भन्ने सुनेको हुँ,’ गृह प्रवक्ता केदारनाथ शर्माले भने,‘समस्या छ भन्ने थाहा छ। क्याबिनेटको निर्णय आउनासाथ सिडिओलाई पठाइदिन्छौं।’
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
३ हप्ता अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि