add post
  • Terai Nepal
  • २०७७ बैशाख १४ गते, आईतवार १०:५४ मा प्रकाशित

के निको भइसकेका बिरामीमा कोरोना संक्रमण दोहोरिन सक्छ?

एजेन्सी- कोरोना भाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) शनिबार चेतावनी दिएको छ। उनीहरूलाई पुनः सङ्क्रमण नहुने भन्ने कुराको सुनिश्चितता नहुने भन्दै डब्लुएचओले चेतावनी दिएको हो।

डब्लुएचओको चेतावनीको अर्थ‚ सङ्क्रमणबाट निको हुनु भनेको सङ्क्रमणबाट स्वस्थ भएपछि पुनः यो दोहोरिने आधारहरू छैनन् अर्थात् यो नै कोभिड–१९ सङ्क्रमण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन भन्ने हो।

डब्लुएचओले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेको व्यक्ति दोस्रो सङ्क्रमणबाट सुरक्षित छ भन्ने अहिलेसम्म त्यस्तो कुनै तथ्य भेटिएको छैन।’