अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो
एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै मर्नेको संख्या ५० हजार नाघेको हो । जोन्स हपकिन्स विश्वविद्यालयको रेकर्डअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार बढीको मृत्यु भएको थियो । योसहित त्यहाँ मृत्यु हुनेको संख्या ५० हजार ९ सय पुगेको छ ।
अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख ७० हजारभन्दा बढी पुगेको छ । कोरोना संक्रमणबाट विश्वको सबैभन्दा बढी मानिसको मृत्यु भएपनि ह्वाइट हाउसले युरोपेली देशहरुको तुलनामा अमेरिकामा मृत्युदर अझै पनि कम रहेको दाबी गर्दै आएको छ । अमेरिकाको जनसंख्या अहिले ३३ करोड रहेको छ ।
जुन कोरोना महामारीबाट अत्याधिक प्रभावित युरोपेली मुलुकहरु इटाली र स्पेनको भन्दा निकै धेरै हो । कोरोना संक्रमणबाट इटालीमा २५ हजार ९६९ र स्पेनमा २२ हजार ५२४ जनाको मृत्यु भएको छ । Source: BBC
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



