भोलिदेखि कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गरिँदै

विश्वभर त्रास फैलाएको कोरोनाभाइरस(कोभिड १९)विरुद्धको खोप बिहीबारबाट मानिसमा परीक्षण गरिने भएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार पारिएको उक्त खोप भोलि (बिहीबार)बाट मानिसमा परीक्षण गर्न लागिएको बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले जानकारी दिए ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले बिहीबारबाट खोप मानिसमा परीक्षण गर्न लागिएको जानकारी दिएका हुन् । स्वास्थ्यमन्त्री ह्यानककले खोप विकासका लागि दुई करोड पाउन्ड पैसा दिने घोषणासमेत गरेका छन् ।
अक्सफोर्ड विश्वविद्यालयमा बनेको खोप ८० प्रतिशतभन्दा बढी सफल हुनेमा वैज्ञानिकहरू आशावादी छन् । यसअघि चीनको सैन्य मेडिकल विद्यालय र अमेरिकी फर्मास्युटिकल कम्पनीले कोरोनाविरुद्धको खोप परीक्षण थालेका छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



