रामधुनीमा भासि माबिका शिक्षक गरे राहत सहयोग
सुनिल चौधरी- झुम्का, बैशाख १० । रामधुनी नगरका बिपन्न परिवारहरुकालागी दाताहरुले सहयोग गर्ने क्रम जारी राखेको छ । लकडाउन प्रभावितहरुमा खाद्य अभावको समस्यालाई बुझदै नगरका बिपन्न, असायहलाई भासि माबिका शिक्षक जितेन्द्र नायकले १,००० किलो चामल सहित नुन, तेल, साबुन खाद्य सामाग्री सहयोग गरेको हो ।
खाद्य सामाग्री नगरपालिकाको परिसरमा बुधवार नगरप्रमुख जयप्रकाश चौधरीलाई हस्तान्तरण गरेका हुन् । सहयोगमा चामल एक हजार किलो हस्तान्तरण गरेको छ । यसैगरी एक सय केजी दाल,पचास किलो दाल, ५० लिटर तेल, एक सय केजी नुन, एक सय वटा साबुन हस्तान्तरण गरेको हो । असाहय बिपन्नहरुमा सहयोगले दैनिक जिवनयापनमा सहज हुने दाता नायकले बिश्वास लिएका छन् ।
लकडाउनले समस्या निमत्याएको अवस्थामा सहयोगी हातहरु नगरपालिका तथा नगरका निम्नआय भएकाहरुलाई मनोबल बढाएको नगरप्रमुख जयप्रकाश चौधरीले बताए । सहयोगीहरुले उपलब्ध गराएको खाद्य सामाग्रीबाट तत्कालै बितरणहुदा बाच्ने र एक अर्कामा सहयोग गर्ने बनोबल बढेको बताए । दाताहरुबाट स्वइच्छाले प्राप्त भएको सहयोग वडाकार्यालयबाट बितरण गरिरहेको समेत नगरप्रमुख चौधरीले जानकारी दिए ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४