add post
  • Terai Nepal
  • २०७९ जेष्ठ ४ गते, बुधबार ०९:२७ मा प्रकाशित

धरानमा कांग्रेसका किशोर राई र हर्क साम्पाङबीच २५६ को मतान्तर

धरान उपमहानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार किशोर राई र स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको मत अन्तर घटेको छ। हालसम्म धरानमा २६ हजार ८४२ मत गणना भएको छ। यति बेलासम्म किशोर राईभन्दा हर्क साम्पाङ २५६ मत मात्रै पछि परेका छन्।

त्यस्तै एमाले उम्मेदवारभन्दा हर्क साम्पाङ १०३६ मतले अघि छन्।  अहिलेसम्म कांग्रेसका किशोर राईले ७७१७ मत ल्याएका छन्। हर्क साम्पाङले ७४६१ मत ल्याएर टक्कर दिइरहेका छन्।

एमाले उम्मेदवार मन्जु भन्डारी ६४२५ मतसहित तेस्रोमा छिन्। उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्र बेघा ८६७० मतसहित अग्रता जोगाइराख्न सफल छन्।

एमालेका पदम लिम्बू ८३२४ मतसहित बेघालाई पछयाइरहेका छन्।

तराईसबै