add post
  • Terai Nepal
  • २०७७ बैशाख ५ गते, शुक्रबार १८:११ मा प्रकाशित

सर्वोच्चको आदेश – पैदल हिँड्नेहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याऊ

५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन आदेश दिएको छ ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सुरक्षाको उपाय अवलम्वन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रुपमा गन्तव्यमा पु¥याउन आदेश दिएको हो ।