add post
  • Suvash Chaudhary
  • २०७९ फाल्गुन २१ गते, आईतवार २२:१८ मा प्रकाशित

सप्तकोशीको तुलसी चौकको भिल्ला २१ मा फगुवा फेस्ट २०७९ हुने

 

फत्तेपुर, २१ फागुन ।
रङ्हरुको पर्वको रुपमा मनाइने होली ( फगुवा) पर्वको अबसरमा भिल्ला २१ फगुवा फेस्ट नामको सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सप्तकोसी नगरपालिका ४ तुलसिचौक स्थित रहेको भिल्ला २१ नामको होटेल तथा रेस्टुरेन्टले मंगलबार फगुवा फेष्ट २०७९ को आयोजना गर्ने भएको हो ।

कार्यक्रममा राष्ट्रिय स्तरमा नाम कमाएका थारु कलाकारका साथै केही ब्याण्ड सम्मिलित समुहको सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ । तराई क्षेत्रमा मनाइने होली पर्व आउँदो मगलबार २३ गते फागुन परेको हुनाले सोही दिन चर्चित कलाकारहरु अनुमा चौधरी, सुनिल चौधरी, दिपिका चौधरी, मनिका चौधरी, रियाज आचार्य लगायत एक दर्जन कलाकारले गायन तथा नृत्य प्रस्तुत गरिने भिल्ला २१ का संचालक सन्जय चौधरीले बताए । रङ र उमङको सङमको रुपमा मनाइने होली पर्व फागु पुर्णिमा दिन मनाइने यस पर्वलाई तराई क्षेत्रमा फगुवा पर्वको रुपमा उत्साह पुर्वक मनाइन्छ ।

पछिल्लो समय होलि पर्व युवा पुस्तामा आकर्षित हुँदै आएकाले युवा पुस्तालाई लक्षित गरी सांस्कृतिक कार्यक्रमको आयोजाना गरी एउटा भिन्न ट्रेन्डको रुपमा सुरुवात गरिएको आयोजक सस्था प्रोग्रेसिभ युवा क्लवका अध्यक्ष नबनित चौधरीले बताए ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै थारु संस्कृतिका विभिन्न परिकारको स्वाद लिन सकिने होटेल सन्चालक सन्जय चौधरीले बताए।