भारतीय न्युज च्यानल प्रसारणमा रोक
काठमाडौं, २५ असार । नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारणमा रोक लगाइएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले भारतीय न्युज च्यानल बन्द गर्ने निर्णय गरेर रोक लगाएका हुन् ।
भारतीय च्यानलहरुमा नेपालबारे अफवाह फैलाउने गतिविधि भएको भन्दै विरोध भइरहँदा वितरकहरुले रोक लगाएका हुन् । दुरदर्शनका भने प्रसारणमा रोक लगाइएको छैन । जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत होउ याङ्कीबीचको सम्बन्धलाई लिएर भ्रामक खबर प्रसारण गरेपछ विरोध बढेको हो ।
उक्त च्यानलले चीनले प्रधानमन्त्री ओलीलाई हनी ट्रयापमा पारेको भन्दै भ्रम फैलाएको थियो ।
तराईसबै
-
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
१ महिना अगाडि -
पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ
३ महिना अगाडि -
माैन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु
३ महिना अगाडि