add post
  • तराई नेपाल
  • २०७७ जेष्ठ १० गते, शनिबार १२:१७ मा प्रकाशित

अनलाइन थारु आर्ट प्रतियोगिताको आयोजना हुँदै

थारु कला केन्द्रले अनलाइन थारु आर्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
अहिले घरमा अवश्य थुनिएका छौं तर हाम्रो सृजनाशक्ति र कलानात्मक शीप थुनिएका छैनन्। बिश्वमा माहामारिको रूप मा फैलिएको कोबिड-१९ का कारण सम्पुर्ण भय र त्रासको माहोल उत्पन्न भएको छ। यस त्रासलाई कम गर्न र लक्डाउनको पालना गरि घरैबसी आफुमा भएको कलालाइ उजागर्न मनोरञ्जनात्मक र सृजनात्मक रूपले सदुपयोग गर्ने धारणाले “नेपालको पहिलो अनलाइन आइकनिक थारू कला प्रतियोगिता” थारु कला र कलाकारको जगेर्ना गर्ने आफ्नो सीप र कलालाई प्रस्तुत गर्ने उदेश्य यस कार्यक्रमको आयोजना गर्नेको थारु कला केन्द्रका अध्यक्ष देव कृष्ण विश्वासले बताएका छन् ।

देव कृष्ण विश्वासले दिएको जानकारी जानकारी अनुसार प्रतियोगिले भागलिनको लागि जेष्ठ १६ गते सम्म अनलाइन फारम् भर्नुपर्ने । यस प्रतियोगिता गैर थारुपनि भागलिन पाइन्छ भने प्रतियोगिले आफुले बनाएको ( चित्रकारी, रेखाचित्र, मोखा, कउरा, कन्डिल, किस्ती, बोकटी, चुल, धुपदनी, बरसी, कोठी, नेथू, आच्रा, होका, कुर्सी, धामा, दौरा र फूलहरू) आर्टको भिडोयो सहित पठाउने पर्ने । प्रतियोगिताको फिनाले जेष्ठ ३१ गते हुने र प्रतियोगिताको बिजेता अनलाइन भोटको आधार छानिनेछ ।

प्राप्त जानकारी अनुसार प्रतियोगितामा विजता हुनेले क्रमस नगद रु.१५ हजार रु.१० हजार र रु.५ हजारका साथमा ट्रफि, साथै बिभिन्न उपहारहरु प्रदान गरिने छ। थारु कला केन्द्रको आयोजनामा रहेको यस कार्यक्रम नेपालको पहिलो अनलाइन आइकनिक थारू कला प्रतियोगितालाई स्पोन्सर कमल चौधरी र को-स्पोन्सर शुभकामान होस्पितल , लेताङ्ग गरिएको छ।

Nepal’s 1st Online Iconic Tharu Art Competition भागलिनको लागि यहाँ क्लिक गर्नुहोला ।
थप जानकारीको लागि
इमेल : [email protected]
फोन :9802745473, 9819126817, 9800969097,9810558493

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै