थारू समुदायके गहना फेसबुक लाईभ शो
सामाजिक उतरदायित्वलाई शिरोधार्य गर्दै थारू इतिहासलाई उजागर गरि थारू समुदायको उत्थान गर्ने उदेश्य अनुरूप साकारात्मक सोधखोज,प्रगतिशिल युगका नयाँ सोचको माध्यमबाट थारू समुदायका विभिन्न प्रतिभावान व्यक्तित्वहरूलाई सामाजिक रुपान्तरणको पृष्ठभुमिमा थप सक्रिय बनाउन ।
” थारू समुदायके गहना” फेसबुक लाईभ शो को आवश्यकता महसुस गर्दै विश्व व्याप्त ( कोभिद -१९ ) कोरोनाको महामारीबाट वचन र बचाउन घरमै बसि लकडाउनको पाल्ना गरिरहेको अवस्थामा जानकारी, संदेशमुलक,कलात्मक, प्रेरणादायी साथै मनोरञ्जन अनि परिचयात्मतालाई व्यापक बनाउन लाइभ शो आपन थारु समुदाय -Tharu Community फेसबुक पेज मार्फत ” थारू समुदायके गहना” कार्यक्रम प्रत्यक्ष प्रसारण हरेकदिन दिउसो २ बजेदेखी ३ बजेसम्म लाइभ गरिरहेकोछ आपन थारु समुदाय -Tharu Communityका उदय नारायण चौधरी जनाएको छ ।
थारू समुदायका विभिन्न पेशा र सेवामा संलग्न रही आफ्नो अमूल्य योगदान मार्फत थारू समुदायलाई पहिचान दिलाउन भुमिका खेल्ने व्यक्तित्वहरूको सम्मान गर्नुको साथै दृढ हौसला बढाउदै थारू नेतृत्वको अझ सशक्त विकास गराउने उदेश्यलाई मध्यनजर गर्दै ” थारू सभ्यताके पुनर्जागरण या विकास, थारू समुदायके गहनासब, मिलके करू प्रयास” मुल नाराका साथ यो कार्यक्रम आयोजना गरिएका हुन्।
यस कार्यक्रम मार्फत थारू समुदायका विभिन्न साहित्यकार, गायक, रचनाकार, संगीतकार, निर्देशक, रंगकर्मी, कलाकार, राष्ट्रिय खेलाडी, समाजसेवी लगायत अन्य थारू समुदायका गहनारूपी बुद्धिजिबीहरूलाई आमन्त्रण गर्ने गरिएको छ।
उक्त कार्यक्रमको पहिलो शृङ्खला आइतबार जेष्ठ ४ गते नेपाली तथा थारू फिल्म जगतका मुर्धन्य संगीतकार/ गायक विकास चौधरीको लाईभ मार्फत सुरू भएका हुन् भने हिजो सोमबार मिस्टर थारु २०१८का बिजेता रबिन चौधरी लाइभ आएको थियो लाइभमा मिस्टर रबिन चौधरीले आपनो मिस्टर थारुका यात्राबारे चर्चा गरिएका थिए । यसै क्रममा आज मगलबार ‘थारू समुदायके गहना’ लाइभमा थारु गायिका अनुमा चौधरी रहेका छ।
सृजनात्मक सोच,लगनशीलता र एक्यवद्धताका प्रतिफल हुन यो लाइभ शो ” थारू समुदायके गहना”। बन्दाबन्दी अवधीभर यो कार्यक्रम संचालन हुने भनिएता पनि सजक वातावरण र समय परिस्थितिलले साथ दिए निरन्तर रूपले यो कार्यक्रम संचालन गरिनेछौ भने आयोजकले बताएको छ ।
आपन थारु समुदाय -Tharu Community को प्रस्तुतिमा रहेको “थारू समुदायके गहना” लाई सगरमाथा मेडिया एण्ड इन्टरटेनमेन्ट र बि एम मुजिक मेडियाको सहकार्य रहेको छ।
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
८ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४