म्युजिकल चबुत्रा यानिकी सांगितिक चौतारी
दोषहरण चौधरी । देश अहिले सबैभन्दा ठुलो संकटमा छ। यहि क्रममा हामीलाई केही हदसम्म मनोरञ्जन होस भनेर हामीले मिस्टर एण्ड मिस थारु फेसबुक पेज मार्फत म्युजिकल चबुत्रा यानिकी सांगितिक चौतारी लाईभ गरिरहेका छौँ । जसमा चर्चित कलाकारहरुलाई निमन्त्रणा गरेर उहाँहरुको प्रत्यक्ष प्रस्तुती हुनेगर्दछ।
सोचौं साहित्य र संगीत नभए हामी कुन अवस्थामा हुनेथियो होला ?
वास्तवमा मानव जीवनलाई सार्थक बनाउने अर्को महत्त्वपूर्ण माध्यम नै साहित्य र संगीत हो। हामीलाई हरबखत चाहिने हाम्रो प्रतिबिम्ब साहित्य र संगीत, यो बिना हामी पशुतुल्य हुनेथियो। त्यसमाथि अहिलेको अवस्था।
अब यो महामारीमा बिशेषगरि थारु समुदायमा पेशागत रुपमा भर्खरै जुर्मुराइरहेका ती माध्यम सृजना गर्ने स्रस्ताहरुको अवस्था कस्तो होला ?
कसैले सोचेछौं होला ? सरकारले मजदुर तथा अति बिपन्न जनताहरुलाई राहत वितरण गर्दैछ। तर कलकारहरुको कुनै बर्ग नै छैन; मजदुर न त बिपन्न ।
कलाकार त राष्ट्रका गहना हुन। वास्तविक जीवन जति दयनीय र कष्टकर भएपनी उनिहरुलाई मनोरञ्जन दिनुछ। मानिस जीवन सार्थक तुल्याउनु छ। कलासंस्कृती र पहिचानलाई उजागर गर्नुछ।
यि स्रस्ताहरुको बारेमा पनि कसैले सोचिदिने हो कि ??
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
११ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४