मिष्टर एण्ड मिस थारु फेसबुक पेज मार्फत “म्युजिकल चबुत्रा”
जह इन्टरटेन्मेन्ट एसोसिएसन विथ वाई ए सी इभेन्ट्सले अहिले फेसबुक पेज Mr. & Miss Tharu मार्फत “म्युजिकल चबुत्रा” नामक सांगीतिक कार्यक्रम प्रत्यक्ष प्रसारण गरिरहेकोछ। कोभिड १९ अर्थात कोरोना भाइरसका कारण भएको लकडाउनलाई मध्यनजर गरि मनोरञ्जन दिने उद्देश्यले हरेकदिन साझ ४ बजेदेखी ५ बजेसम्म Live गरिरहेकोछ।
पेजमा हरेक दिन विभिन्न सांगितिक बिधाका चर्चित तथा नवागंतुक कलाकारहरुको आगमन हुनेगर्दछ। कलाकारहरु आफ्नो उत्कृष्ट सांगितिक प्रस्तुति दिनेगर्दछन भने दर्शकहरु पनि आफ्नो मनको कुराहरु राख्दै कलाकारहरुलाई नजिकबाट प्रत्यक्ष नियाल्ने अवसर पाउनेगर्दछन।
यसरी हालसम्म सिमा संगरौला ,नबराज श्रेष्ठ, अस्मित रावल ,कृष्ण खवास ,माईला घले ,खडक पुन , चक्लेट जोशी ,गायिका श्रीदेवी थारु , नवागंतुक कलाकारहरु डिजे सैलेश चौधरी , सुशान्त चौधरी, प्रजेश काङ्गोइ , प्रमोद चौधरी लगायत १२ जना कलाकारहरु लाइभ आइसकेका छन। आज (आईतबार )चर्चित गायक देव कृष्ण विश्वास सांगितिक प्रस्तुति रहनेछन भने लकडाउनभरीने चल्ने “म्युजिकल चबुत्रा”मा अब थारु समुदायका चर्चित कलाकारहरु श्री निवास चौधरी , अनु चौधरी , मनोज महतो, समिक्षा चौधरी , सोनु कुस्मी , राज कुस्मी, अन्जु कुस्मी , गीता चौधरी , कुलदीप चौधरी , सी यल चौधरी , बिजय चौधरी ,दोषहरण चौधरी तथा राष्टिय कलाकारहरु आउने तयारीमा रहेकाछन भने सांगीतिक कार्यक्रमलाई स्पोत वाई ए सी साउड, सूचन फोटोग्राफी र डुम्रान कफे चितवन र संयोजन हामी थारु , थरुहट ,तराई नेपाल गरेकाछन । जह इन्टरटेन्मेन्टका रुपेश चौधरीले जनाएको छ ।
लकडाउन सुरु हुन् अघि देखि कोरोना भाइरस मध्यनजर गरिदे तराई को बिभन ठाउ र थारुको पोरानिक/मोलिक समानहरु ज्ञान दिदै फेसबुक पेज Mr. & Miss Tharu अनलाइन क्युज पनि १ महिना जति चलाईको थियो ।
जह इन्टरटेन्मेन्टले मिष्टर एण्ड मिस थारु राष्ट्रव्यापी सौन्दर्य प्रतियोगिताको गर्दे आयकोछन र अहिले मिष्टर एण्ड मिस थारु २०२० तयारी छन लकडाउन खुलेर कक्षा ११ ,१२ को परीक्षा सकिलगते तराईको बिभिन् ठाउँ अडिसन हुनेछन अहिले मिष्टर एण्ड मिस थारु २०२० आवेदन फर्म अनलाई बाट भर्नसकिनछ चौधरीले बताउनु भयो । आवेदन फर्म भर्नको लागी यहाँ क्लिक गर्नु होस् ।
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
८ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४