गैंडाकोटका विपन्न परिवारको लागि कामना बैंकको सहयोग
नवलपुर-नवलपुरको गैडाकोटका विपन्न परिवारको लागि कामना सेवा विकास बैंकले खाद्यान्न सहयोग गरेको छ । कामना सेवा विकास बैंक बेल्डिहाले शाखाले गैंडाकोट नगरपालिका वडा नम्बर १३ मा रहेका विपन्न घरपरिवारको लागि खाद्य सामग्री दिएको हो ।
लक डाउनको कारण दैनिक जिवन कष्ठकर बन्दै गएकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका गरिब तथा विपन्न वर्गको लागि सहयोग गरेको छ । बुधबार वडा कार्यलयलाई खाद्यान्न सामाग्री प्रदान गरिएको कामना सेवा विकास बैंक बेल्डिहा शाखाको प्रमुख क्षितिज मैनालीले जानकारी दिए । बैंकले चामल, मसुरोको दाल , आलु, , तेल , साबुन लगायतको सामाग्री प्रदान गरेको शाखा प्रमुख मैनालीले बताए । बैंकले दुई क्युन्टल चामल , २० किलो मसुरोको दाल किलो , २० किलो आलु , २० प्याकेट सोयाबिन , २० पोका तेल र साबुन हस्तान्तरण गरेको छ ।
तराईसबै
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि