सप्तरीमा आइतवारसम्म ७ सय ८० जनाको‘आरडिटी’
सप्तरीमा आइतवारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा ७ सय ८० जनालाई र्यापिड डाइग्नोटिक टेष्ट(आरडिटी) गरिएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार स्थानीय तहका क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेकाहरुलाई आरडिटी गरिएको हो ।
यीमध्ये ४ जनाको आरडिटी पोजेटिभ आएको थियो । पोजेटिभ आएकाहरुको थ्रोट स्वाब संकलन गरेर पिसिआर विधिबाट परीक्षण गराउदा चारै जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख यादवले जानकारी दिएका छ ।
अन्य सवैको आरडिटी नेगेटिभ आएको छ । यसैगरी ४७ जनाको पिसिआर विधिबाट परीक्षण गराइएको छ । सवैको पिसीआर रिपोर्ट नेगेटिभ आएको प्रमुख यादवले बताए ।
यसैगरी आइतवारसम्म ६ सय ९९ जनालाई क्वारेन्टाइन गरिएको छ । जसमा ४ सय ८७ जनालाई डिस्चार्ज गरिएको छ भने हाल २ सय १२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । Source: janatajagran
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४