आरडिटी होइन पिसिआर प्रविधिबाट काेराेना परीक्षण गर : राष्ट्रिय मानव अधिकार आयोग

बैशाख १३ काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमणको यकिन गर्न आरडिटी प्रविधि भरपर्दो नभएकाले देशभर पिसिआर प्रविधिबाट परीक्षण गर्न/गराउन सरकारलाई आग्रह गरेकाे छ। आयोगले विज्ञप्ति जारी गरी अरू देशको अनुभवबाट समेत आरडिटी प्रविधि विश्वासिलो नरहेकाे देखिएको भन्दै कारोना संक्रमणको यकिन गर्न पिसिआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन सरकारलाई आग्रह गरेकाे हाे।
विज्ञप्तिमा आयोगले लकडाउनका बाबजुद केही दिनयता उदयपुरलगायतका जिल्लाका समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएकोतर्फ गम्भीर भई थप सतर्कता अपनाउन सरकारलाई आग्रह गरेको छ। आयोगले केन्द्र, प्रदेश र जिल्लास्तरको अनुगमनबाट मुलुकका धेरै ठाउँमा लकडाउन र सामाजिक दूरीको पालना नभएको देखिएको र त्यसबाट संक्रमणको जोखिम झन् बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको छ। अनुगमनका क्रममा काठमाडौं उपत्यका र विभिन्न सहरबाट मानिसहरू भीडभाड गरी गन्तव्यतर्फ लाग्नु, तराईका कतिपय जिल्लामा खचाखचयुक्त हाटबजारहरू यथावत सुचारु हुनु, निश्चित समय खुल्ने गरेका खाद्यान्न पसलहरूमा पनि भीड लागि एक आपसको दूरी कायम हुन नसकेको देखिएको आयोगले जनाएको छ।
आयोगले सामाजिक दूरी पालना नगरी भइरहेका यस्ता क्रियाकलापबाट मुलुकमा संक्रमणको जोखिम थप बढ्ने उल्लेख गर्दै लकडाउन कडाइका साथ पालना गर्न/गराउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ। आयोगले संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा अस्पतालहरूमा पर्याप्त मात्रामा भेन्टिलेटर, आइसोलेसन वार्ड, पिपिई, आवश्यक औषधिलगायतका सामग्री अभाव हुन नदिनसमेत सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगले राहत वितरणका क्रममा अपांग, अशक्त, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, सुकुम्वासी तथा अति विपन्न वर्गका लागि विशेष ध्यान पेर्याउनसमेत आग्रह गरेको छ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



