कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य

विराटनगर, बैशाख ६ गते,
कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ ।
उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो ।
कोरोना पोजेटिभ देखिएपनि उहाँको अवस्था अति सामान्य छ, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले भन्नुभयो–चिकित्सकीय निगरानीमा रहनु भएका उहाँमा कुनै लक्षण देखिएको छैन ।मैले १५ मिनेट जति उहाँहरुसँग प्रत्यक्ष कुराकानी गरें, मेसु मिश्राले भन्नुभयो–उहाँहरुलाई अहिले स्वास फेर्नदेखि रुघाखोकीसम्मको समस्या छैन । संक्रमित १२ जनाले आफूहरुलाई कुनै समस्या नरहेको बताएकाले सामान्य (न्यूनतम) औषधी चलाउन बाहेकको काम गरिएको छैन ।
इन्फेक्सन छ तर विरामीलाई थाहा छैन, र समस्या पनि छैन भने एन्टीबायोटिक चलाउनु पर्ने अवस्था हुँदैन । विशेषज्ञ फिजिसियन डा. दीपक सिग्देलले अहिलेसम्म उनीहरुमा समस्या नदेखिएको बताउँदै बारम्बार चिकित्सकीय निगरानी आवश्यक रहेको बताउनुभयो । संक्रमितलाई कुनै लक्षण नदेखिए पनि उनीहरुलाई कुनैपनि समयमा समस्या पर्नसक्ने कुरालाई विचार गरी सोही अनुसारको तयारी भएको छ । ८० प्रतिशत संक्रमितको अवस्था सामान्य हुने भएका कारण जोखिम फैलन सक्ने संभावना धेरै हुने मानिएको छ ।
उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बस्दैै आएका ११ जना भारतीयसहित एकजना नेपालीमा कोरोना संक्रमित पुष्टि भएपछि उनीरुलाई कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको हो । उनीहरुसहित थप चारजनालाई पनि सँगै ल्याइएको छ । संक्रमित को–को हुन् भन्ने कुरा पहिचान गर्न नसकेपछि १६ जनालाई नै ल्याउनु परेको थियो । हाल संक्रमण पुष्टि नभएका चार जनाको पहिचान गरी उनीहरुलाई अर्कै स्थानमा क्वारेन्टाइनमा राखिएको छ । संक्रमितमध्ये एकजना नेपाली नागरिक विराटनगर निवासी हुनुहुन्छ ।
स्वास्थ्यकर्मीलाई छुट्टै आवास
कोरोना संक्रमितको उपचारमा संलग्न कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अलग्गै बासस्थानमा राखिने भएको छ । संक्रमित पुष्टि भएसँगै चिकित्सकको निगरानीमा राखिने उनीहरुलाई हेर्ने स्वास्थ्यकर्मीलाई छुट्टै बासस्थानमा राख्ने तयारी गरिएको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विराटनगर–७ मा रहेको जैन तेरापन्थको भवनमा वासस्थान मिलाउने भएको हो ।
जैर तेरापन्थी सभा विराटनगरले स्वास्थ्यकर्मी राख्नका लागि भवनका १९ वटा कोठा निःशुल्क रुपमा प्रदेश सरकारलाई उपलब्ध गराउने भएको छ । सुविधा सम्पन्न र विशिष्टहरुका लागि समेत बस्ने गरि निर्माण गरिएको भवनको शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे र कोशी अस्पतालका मेसु डा.संगिता मिश्रले अवलोकन गर्नु भएको थियो ।
तरापन्थी सभा विराटनगरका अध्यक्ष जितेन्द्र गोल्छाले विश्वव्यापी महामारीमा जैन धर्मालम्बीहरुको तर्फबाट राज्यलाई गर्नुपर्ने सहयोगको रुपमा भवन प्रयोग गर्न दिने बताउनुभयो । सुविधा सम्पन्न भवन स्वास्थ्यकर्मीका लागि पायक पर्ने स्थानमा समेत रहेको छ । सामाजिक विकास जीवन घिमिरेले उपचारमा संलग्न चिकित्सकका लागि सरकारले सबै हिसाबले व्यवस्थापन मिलाउने बताउनुभयो । उहाँले चिकित्सकको सुरक्षासँगै उनीहरुको दैनिक सुविधामा कुनै पनि समस्या उत्पन्न हुन नदिने बताउनुभयो । – गोरखापत्र
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



