उदयपुरका ४४ जनाको कोरोना रिर्पोट नेगेटिभ
उदयपुर : कोरोना भाइरस आशंकामा स्वाब परीक्षणमा पठाइएका उदयपुरका ७८ जनामध्ये हालसम्म ४४ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको छ । बाँकीको रिर्पोट आउन बाँकी छ । जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा कोविडको आंशकामा राखिएका ७ महिला र ३६ पुरुषको रिर्पोट नेगेटिभ आएको हो । स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीका अनुसार कटारी नपाको बेलसोतमा राखिएका ३ महिला र २३ जना पुरुष, चौदण्डीगढी नपाका १ महिला, त्रियुगा नपाका ३ महिला र ९ पुरुष, बेलका नपाका १ पुरुष र लिम्चुङ्गबुङ्ग गापाका ४ जना पुरुष गरी ४४ जनाको रिर्पोट नेगेटिभ आएको हो ।
कार्यालयको तथ्यांकअनुसार ८ महिला र ७० जना पुरुषको नमुना संकलन गरि पठाइएको छ । त्यसमध्ये चौदण्डीगढी नपाका २ पुरुष, त्रिनपाका १ महिला र २४ जना पुरुष, बेलका नपाका ३ जना र रौतामाई गापाको ५ जना पुरुषको रिर्पोट आउन बाँकी रहेको छ ।
त्यस्तै र्यापिड टेष्ट डाइनोस्टिक टेस्ट (आरडिटी) गरिएका ४ महिला र ५३ पुरुष गरी ५७ जनाको रिर्पोट नेगेटिभ आएको छ । सुवेदीका अनुसार चौदण्डीगढी नपामा ४ जना महिला र ६ जना पुरुष, त्रियुगा नपामा २९ जना पुरुष, बेलका नपामा १० जना पुरुष र रौतामाई गापाका ८ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
उनले स्वाब परीक्षण र प्रारम्भिक चरणको परीक्षण रिर्पोट दुबैलाई मिलाउँदा हालसम्म १ सय १ जना रिर्पोट नेगेटिभ आएको छ । तर र्यापिड टेष्टमा कहिले कहीँ फरक पनि आउने भएकाले केहिलाई पुनः स्वाब परीक्षण गरिने बताए । आरडिटी किड जिल्लामा उपलब्ध भएपछि स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र सम्बन्धी स्थानीय तहका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमै पुगेर परीक्षण गरिएको उनले बताए।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



