add post
  • Terai Nepal
  • २०७७ बैशाख ३ गते, बुधबार १३:०८ मा प्रकाशित

सप्तरीका दुई स्थानीय तह सिल

राजविराज । सप्तरीका दुई स्थानीय तह सिल गरिएको छ र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोईलाडि गाउँपालिका सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

दुवै स्थानीय तहमा आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए।

‘त्यहाँका मान्छे बाहिर निस्कन नपाउने र बाहिरका मान्छे भित्र पस्न नपाउने निर्णय भएको छ’ उनले भने, ‘तर, अत्यावश्यक अवस्था आए स्थानीय स्तरमा खटिएका सुरक्षाकर्मीको समन्वयमा आवश्यक निर्णय गर्न सकिने छ ।’ Source:janatajagran