add post
  • Terai Nepal
  • २०७७ बैशाख ३ गते, बुधबार १०:१५ मा प्रकाशित

कृषी कार्यमा स्थानिय सरकारको ध्यान जाओस

दोषहरण चौधरी
दाङ, बैशाख ३ गते, कोरोनाले अहिले भोकमरीको संकेत दिरहेको बेला सरकारले कृषीमा अनेक प्याकेजहरु ल्याउने कुरा गरिरहेकोछ। तर गर्ने कहिले ? पछिको कुरा हो।

तर यो खेतिको समय हो। सरकारले पनि सामाजिक तथा ब्यक्तिगत दुरि कायम राखेर सुरक्षित साथ कृषि कर्ममा लाग्न आग्रह गरेको छ। तराईको कृषकहरु अहिले कलमी बनाउने गरि त्यही पुरानै तरिकाले पुरानै धान छरिरहेका छन। जुन निकै मिहेनतिलो र समय लाग्दो काम हो। लकडाउनको बेला उन्नत जातको बिउबिजन, मल, खाद ल्याउने कसरी? स्थानिय सरकालले पनि सोच्न जरुरी छ।

अहिले धेरै जसो स्थानहरुमा कृषहरु आफुले उत्पादन गरेको कच्चा पदार्थ (ताजा तरकारी, दूध मासु आदि) बिक्री नभएर त्यत्तिकै नस्ट गरिरहेकाछन भने आर्को तिर उपभोक्ताहरु यी ताजा र पोसिलो खाद्यन्न नपाएर छट्पटाइरहेका छ्न। यस्तो घडीमा कृषकहरुको उत्पानलाई राहतकै लागि भएपनी अथवा बजार ब्यवस्थापनको लागि स्थानीय स्तरबाटै उपयोग गरिदिने हो कि? यदि कृषकहरुलाई अहिले कृषिकर्ममा यसरी नै बाधा भयो भने देशमा भोकमरीको समस्या अझ बढ्ने पक्का छ।

पहिले केही प्रतिशत छुट पाउने लोभले प्रायः कृषकहरु ईन्डियाबाट मलखाद तथा बीउ ल्याउने गर्दथे। नेपाली बिउबिजनको कुरा गर्दा गत बर्ष पस्चिमी तराईका किसानहरु शारदा नामक धानले कृषकहरु अहिलेसम्म रोइरहेको दृश्य कुनै सरकारले देख्नसकेको छैन।
(याद रहोस हामी जे जति गरेपनी दुइ छाक खाना चाहिन्छ, जुन खेती-किसानहरु बाट मात्रै सम्भवछ।)