सप्तरीमा र्यापिड टेस्ट गर्दा दुई जनामा काेराेना पोजेटिभ
बैशाख २ मंगलवार | सप्तरीमा र्यापिड टेस्ट (आरडिटी) विधिबाट गरिएको परीक्षणका क्रममा मंगलबार सप्तरीमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ।
तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजिटिभ पाइएको हो । आठ जनाको समूहमा जमातमा सहभागी भएकाहरुमध्ये दुई जनामा पोजेटिभ पाइएपछि सात जनाको मङ्गलबार राति राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गरिएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा। रणजित कुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त टोलीका एक सुरुङ्गा नगरपालिका एक जना रहेकामा विहान उनलाई स्वाब परीक्षणकालागि राजविराज ल्याईने छ । स्वाब परीक्षण गरिएकाहरु खडक नगरपालिकाका ३ जना, अग्नीसाइर कृष्णासवरण १, विष्णुपुर गाउँपालिका १, तिलाठी कोइलाडी गाउँपालिका १ र सुरुङ्गा नगरपालिका १ जना रहेका छन् ।
यसैबीच सप्तरीको डिमनस्थित मस्जिदमा ११ जना भारतीय भेटिएका छन्। उनीहरु लकडाउनभन्दा केही अघिबाटै उक्त मस्जिदमा बस्दै आएको र सबैजना भारतको इन्दौरका रहेको खुलेको छ। ११ जना भारतीयलाई उक्त मस्जिदमै क्वारेन्टाइन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुरले बताए।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४