add post
  • Terai Nepal
  • २०७६ चैत्र २८ गते, शुक्रबार १३:१३ मा प्रकाशित

राहतको नाममा ठग्ने पछि लकडाउनमै बिरोध जुलुस !

कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनका कारण ज्यालादारी, मजदुर, किसानलगायत गरिब, विपन्न वर्गलाई अहिले खानपिनको समस्या भएको छ । सोही समस्यालाई केहीहदसम्म समाधानका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरि स्थानीय सरकारलाई राहत बितरण गर्ने निर्देशन दिएको छ ।तर, राहतको नाममा ठग्ने र झरो टार्ने काम पनि भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ५ गंगाजलीमा राहत बितरणको नाममा ३ किलो चामल, एउटा साबुन र आधा लिटर खानेतेल मात्र बितरण गरिएपछि स्थानियहरु आक्रोसित भएका छन् ।उनीहरुको आक्रोस यति बढ्यो की लकडाउनको बेला सामुदायिक दुरी कायम राख्नु पर्ने कुराको समेत ध्यान नदिई बालबालिकाहरुले प्ले कार्ड बोकेर बिरोध प्रदर्शन गर्न पुगे । प्रदर्शनकै क्रममा प्रहरी पुगेपछि स्थानियहरुलाई सम्झाई बुझाई घर फर्काएको जनाइएको छ ।  यता वडा अध्यक्ष दिपक चौधरीका अनुसार नगरपालिकाबाटै राहतका लागि यस्तै प्याकेज पठाइएकोले आफूहरुले केही गर्न नसकिने लाचारी व्यक्त गरेको स्थानियहरुको भनाई छ । जबकी सप्तरीमा अधिकांश स्थानिय तहले १५ किलो चामल, २ किलो दाल, एक लिटर खाने तेल र एक किलो नुन राहतका लागि बितरण गरिरहेका छन् । Source: Rajbirajtoday