add post
  • Terai Nepal
  • २०७६ चैत्र २७ गते, बिहीबार १२:२० मा प्रकाशित

प्रहरीले सप्तरीको महुलीस्थित क्वारेन्टाइनमा राख्यो

राजविराज — क्वारेन्टाइनमा बस्न नमानी भागेका १४ भारतीय सहित २५ जनालाई सप्तरी प्रहरीले बुधबार मध्यराति नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पुर्‍याएको छ । उनीहरुहरुलाई सप्तरीको कंचनपुर–भारदहको बीचबाट नियन्त्रणमा लिइएकाे हाे ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ स्थित बाँसघारी नजिक बुधबार राति भारत विहारको अररिया जिल्ला घर भएका १४ जना मुस्लिम युवकलाई स्थानिय बासिन्दाले देखेपछि वडाध्यक्ष तेजनारायण यादवलाई खबर गरेका थिए।

अररिया जिल्ला घर भएका महमद सलिम, महमद इस्तिमाक, अजरत मुसलमान, गेजिस मिया, महमद वारिस, महमद सबिर, शोखिमान मिया, मुस्विर मिया, मगम मिया, तेजाब आलम, महमद समसाद, महमद नाशिस, नाजिब मिया र महमद साहद मियालाई स्थानियले फेला पारी आफूलाई खबर गरेको वडाध्यक्ष तेजनारायण यादवले बताए।

उनीहरु मध्ये कसैले आफूहरु दिल्लीबाट त कसैले काठमाडौंबाट आएको बताएपछि शंका लागेर उनीहरुलाई अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित क्वारेन्टाइनमा लग्ने तयारी गरिरहँदा काठमाडौं तर्फबाट तरकारी पुर्‍याएर फर्किंदै गरेको ज १ च १५७९ नम्बरको पिकअप भ्यानमा सवार भइ उनीहरु भागेका थिए। क्वाराइनटाइनमा राख्ने बताएपछि उनीहरु भाग्दा आफू थप सशंकित भएको वडाध्यक्ष यादवले बताए। उनका अनुसार मध्यरात भइसकेको हुँदा प्रहरीले पनि तत्कालै सहयोग नगर्दा सहायक प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुरलाई सम्पर्क गरी घटनाबारे जानकारी गराइएको थियो।Source:Onlinesaptari