छिमेकी देश भारतको उत्तरप्रदेश स्थित एक अस्पतालबाट भागेका कोरोना संक्रमित गिरफ्तार, सुनसरी भोक्राहाका हुन् स्थायी बासिन्दा
छिमेकी देश भारतको उत्तरप्रदेश स्थित एक अस्पतालको झ्यालबाट हाम फालेर फरार भएका कोरोना संक्रमित फेरि पक्राउ परेका छन् ।उनलाई फेरि कोराइटाईनमा राखिएको खबर छ । उनी नेपाल, प्रदेश १ स्थित सुनसरी भोक्राहाका स्थायी बासिन्दा हुन् ।
भारतीय सरकारी श्रोतका अनुसार उत्तर प्रदेशको बागपत आइसोलेशनबाट भागेको उनी नेपाल स्थित सुनसरी भोक्राहाको जनता चौकका हुन् ।अस्पतालको रेकर्ड अनुसार उनी कोरोना पोजेटिव हुन् भने हिजो राती अस्पतालको झ्यालबाट भगेका थिए । तर आज उनलाई प्रहरीले फेरि नियन्त्रणमा लिएका हुन् ।
भारतको नयाँ दिल्लीमा निजामुद्दीनमा मुस्लिम संस्थाको आयोजनामा भएको तबलीगी जमातको धार्मिक सभाबाट सहभागी भएर सुनसरी फर्कने क्रममा उत्तर प्रदेश सरकारले उनको स्वास्थ्य परिक्षण गर्दा कोरोना पोजेटिभ भएको फेला परे पछि उनलाई कोभिड सिएचसी अस्पताल खेकडा भर्ना गरेर उपचार गरिएको थियो ।
उत्तर प्रदेश सरकारले उनी सगै सुनसरीका १७ जना तबलीगी जमातबाट फर्किएर एक मस्जीदमा आश्रय लिएर बसेको अवश्थामा फेला पारी स्वास्थ्य परिक्षण गर्दा जमातीहरुमा कोरोना भाइरस पोजेटिभ भएको स्वास्थ्य परिक्षण रिर्पोट आएको थियो ।
उनी सुनसरी स्थित भोक्राहा नरसिह गाउपालिका ५ स्थित बाबा पेपरमिल्स् देखी पुर्व सुनसरी खोला नजिक रहेको सि म्याक्स फुड प्राली मासु उघोगको मुल गेट नजिक घर भएका वर्ष ६५ का सफिद मियाँ अस्पतालबाट सोमबार राती फरार भएको भारत सरकारले जनाएको छ ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



