add post
  • Terai Nepal
  • २०७६ चैत्र २४ गते, सोमबार १९:४९ मा प्रकाशित

सप्तरीका ५५ स्थानमा सशस्त्र प्रहरीको परिचालन

कोराना भाइरस कोभिड–१९० को जोखिम बढेसँगै भारतसँग सीमा जोडिएका सप्तरीका नाकामा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ ।

सप्तरीका साना, ठूला सबै नाकामा सशस्त्र प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको हो ।
नाकाहरूमा रोकिए पनि खेतको बाटो आउजाउ भइरहेको सूचना पाएपछि प्रहरीले अस्थायी पोस्ट थपिरहेको छ ।

सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेका अनुसार मुख्य नाकाहरूमा सुरक्षाकर्मी राखिएकोमा खेतको बाटो आउजाउ भइरहेको सूचना पाएपछि अब अन्यत्र पनि पोस्ट राखिएका छन् । सशस्त्रले जिल्लाका सातवटै बीओपीमा गरी दुई सय प्रहरी थपेको छ ।

उनका अनुसार सोमबारवाट जिल्लाका ५५ स्थानमा सशस्त्र प्रहरी खटाइएका छन् । नियमित पोस्टबाहेक १६ स्थानमा पालको ब्लक बनाएर नयाँ पोस्ट बनाइएको छ । ‘मूल बोर्डर मात्र होइन, अन्य चोर बाटोबाट पनि कोही नेपाल नछिरुन् भनेर सम्भावित स्थानहरुमा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ बताए ।