खाद्य राहत बितरणमा रामधुनी नगरपालिकाबाट रु २७ लाख निकासा हुने
सुनिल चौधरी
झुम्का, चैत्र २४ । रामधुनीका वडाकार्यालयहरुले बितरण गरिरहेको खाद्य सामाग्रीकालागी रामधुनी नगरपालिकाबाट रु २७ लाख निकासा हुने भएको छ । लकडाउनले प्रभावित नगरका बिपन्न परिवारहरुलाई खाद्य सामाग्री बितरणकालागी कार्यपालिका बैठकको निर्णयले तत्काल सन्चित कोषबाट सो बराबरको रकम निकासा गर्ने भएको हो ।
नगरपालिकाबाट भने सन्चित कोषबाट राहत रकम निकासा हुन बाँकी रहेको छ । राहत बितरणकालागी भने नौ वटै वडाले रु ३ लाखका दरले अख्तियारी पाएको नगरप्रमुख जयप्रकाश चौधरीले बताए । नगर बिपत ब्यवस्थापन समितिमा रु १० लाख मात्र रहेकोले यसबाट स्वस्थय सामाग्रीकालागी खर्च भएकोहुदा यता खाद्य राहतमा नपुगहुदा नगरको सन्चित कोषबाट निकासा गर्ने भएको हो । संन्चित कोषमा पछि योजनाबाट कटाउनु पर्ने भए सोबाट पनि कटाउन सकनेछन् ।
पहिलो चरणको राहत बितरणमा वडाले अख्तियारी पाए पनि अबको पुनः राहत बितरण गर्नु पर्ने भए आएको लगत अनुसार रकम निकासा हुने छन् । हालको अख्तियारी पाए अनुसार रु ३ लाखको पनि खर्च हुने अवस्था र भएको खर्च अनुसारनै निकासा हुनु जरुरी रहेको छ । सबै वडामा राहत बितरणमा एकनासलेनै खर्च नहुन सक्छ । त्यसकारण हालको अख्तियारी पाएको संन्चित कोषको रकम पनि ब्यवस्थित गर्दै वडामा आएको तथ्याङ्क अनुसारनै निकासा हुनु पर्छ ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



