add post
  • Terai Nepal
  • २०७७ मंसिर २० गते, शनिबार २१:१७ मा प्रकाशित

तराईकि सन्ध्या शर्माले जितिन मिस नेपाल इन्टरनेशनलको उपाधि

तराईकि सन्ध्या शर्माले मिस नेपाल इन्टरनेशनलको उपाधि जितेकी छन्। होटेल पार्क भिलेजमा भए जितेकी मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी उछिन्दै सन्ध्या शर्माले मिस नेपाल इन्टरनेशनलको उपाधि हुन्।

प्रदेश नम्बर २ को महोत्तरी जिल्ला निवासी शर्माले मिस नेपाल इन्टरनेश्नलको उपाधी जितेपछि बधाईको ओईरो लागेको छ । यस्तै मिस नेपाल वर्ल्ड–२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ रु भनेर सोधिएको थियो । उनले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरितीका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई शिक्षामार्फत सशक्तीकरण गर्न आफू अघि बढ्ने बताएकी थिइन् ।

यस्तै ब्युटी विथ पर्पस, मिस पपुलर च्वाइस, वुमन अफ सबस्ट्यान्सको उपाधि  सन्ध्या शर्माले जितेकी छिन् ।

तराईसबै