नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल २०२०’
काठमाडौँ- यस वर्षको ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्। बाँकी प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले ‘मिस नेपाल’को उपाधि जितेकी हुन्।
उनले अब मिस वर्ल्ड २०२० मा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठले क्राउन पहिराइदिएकी थिइन्। उनले नगद २ लाख ५ हजार रुपैयाँ प्राप्त गरेकी छिन्।
यस्तै मिस नेपाल सुपर नेशनल २०२०को उपाधि सिमल कनोडियाले पाएकी छिन्। यस्तै ‘मिस नेपाल इन्टरनेसनल २०२०’को उपाधि सन्ध्या शर्माले जितेकी छिन्।
उनलाई गत वर्षकी ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले ताज पहिर्याइदिएकी थिइन्।
त्यस्तै मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छन्। उनलाई गत वर्षकी मिस नेपाल अर्थ रिया बस्नेतले क्राउन लगाइदिएकी थिइन्। उनले ‘मिस अर्थ २०२०’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् भने १ लाख पुरस्कार पनि प्राप्त गरिन्।
यस्तै ब्युटी विथ पर्पसको उपाधि सन्ध्या शर्माले जितेकी छिन् भने मिस पपुलर च्वाइस अवार्ड पनि उनैको पोल्टामा परेको छ।
त्यस्तै मिस हेल्दीको उपाधि नेहा सरकारले जितेकी छन् भने मिस फोटोजेनिकको उपाधि आस्तिका श्रेष्ठले जितेकी छिन्।
यस्तै मिस ग्ल्यामरको उपाधि योजना भट्टराईले जितेकी छिन्। यस्तै मिस स्टाइलिस मेरिसा सिंह सुवालले जितेकी छिन्।
यस्तै वुमन अफ सबस्ट्यान्सको उपाधि सन्ध्या शर्माले जितेकी छिन् भने मिस इन्टेलेक्चुअलको ताज नम्रता श्रेष्ठले जितेकी छिन्। यस्तै मिस फिटनेशको उपाधि सुबाङगी खत्रीले जितेकी छिन्।
यस्तै मिस टुरिजमको उपाधि रिया श्रेष्ठले जितेकी छिन्। ती सबैजनाले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।