अस्ट्रेलियामा व्यवसायिक फोटोग्राफीमा सेलिब्रेटी फोटोग्राफर अरूण आर्यन चौधरी
बिगत लामो समय देखि अस्ट्रेलिया बस्दै आउनु भएका नेपाली फोटोग्राफर अरूण आर्यन चौधरीको नाम अस्ट्रेलियामा रहेका नेपाली साथै अन्य समुदायमा नचिन्ने कमै हुनु पर्दछ। पेशाले सिभिल इन्जिनियर चौधरीको बाल्यकालको समय दाङ्ग, नेपाल मा बितेको थियो भने अध्ययन सप्तरी माध्यमिक बिद्यालय बाट सुरु भएर पोखरा हुदै कान्तिपुर इन्जिनियर कलेज पुगेर टुंगिएको थियो। बाल्यकाल देखि नया कार्य जान्न र सिक्न रुचि राख्ने चौधरीले बिना तालिम २०१२ सालमा लेन्डइस्केप बाट फोटोग्राफर कार्य सुरु गर्नु भएको थियो।
चौधरीले पोट्रेट फोटोग्राफीको अनुभबको साथ सिड्नीमा भएको पहिलो इभेन्टमा काम गर्ने अवसर पाउनु भएको थियो उक्त कार्यक्रममा महानायक राजेश हमालको तस्भिर क्यामरामा कैद गर्न सफल हुनु भएको थियो। उक्त कार्यक्रम नेपाली टच द्वारा आयोजना गरिएको थियो नेपाली टचका सदस्य विश्वास श्रेष्ठ मार्फत, टिम र दिपेश पुनको आग्रहमा हाल चौधरी उक्त टिमको अफिसियल फोटोग्राफर रहनु भएको छ। पेशाले इन्जिनियर चौधरी थारु सोसाईटि सिड्नी अस्ट्रेलियामा पब्लिक रिलेसन अफिसर पनि हुनु हुन्छ। आफ्नो कार्य बेस्तता हुदा हुदै पनि समय मिलाएर सामाजिक कार्यमा सदैब लागि रहने चौधरीले दुई दर्जनभन्दा बढी नेपाली सेलिब्रेटीहरूलाई आफ्नो क्यामरामा कुशलतापूर्वक उतार्न सफल भइसक्नु भएको छ।
नेपथ्य देखि १९७४ ए.डी सम्म राजेश हमाल देखि राजेश पायल राई सम्म भूषण दाहाल देखि रवि लामीछाने सम्म र्याप गायक लाउरे देखि सुगम पोखरेल सम्मका तस्विर क्यामरामा कैद गरि सक्नु भएको छ।अस्ट्रेलियामा रहेको नेपाली तथा अन्य समुदायहरुमा व्यक्तिगत भोज बिबाह जस्ता कार्यक्रमहरुमा पनि फोटोग्राफर चौधरीको माग रहेको देखिन्छ। हाल अस्ट्रेलियाको सिड्नीमा श्रीमती र छोराको साथ बस्दै आउनु भएका चौधरीले आफ्नो क्यामरामा कैद गरिएका केहि सेलिब्रेटीहरुको लिस्ट हामीले तयार पारेको छौ।
नेपाली कला तथा संस्कृति लाइ प्रवर्धन गर्न प्रयासरत चौधरीले सिडनीको लुना पार्कमा २०१९ मा भएको नेपथ्यको कन्सर्ट साह्रै चुनौतीपूर्ण भएको अनुभव ओएस नेपाल सगको छोटो कुराकानीमा जानकारी दिनु भएको थियो। उक्त कार्यक्रम नेपाली टच द्वारा आयोजना गरिएको थियो भने ऐतिहासिक कन्सर्टलाई क्यापचर गर्न पाउदा गर्व लागेको चौधरी बताउनु भएको थियो। हाल अस्ट्रेलियामा अरुण आर्यन चौधरीको हातमा क्यामरा देख्ना साथ पोज नदिने व्यक्ति भेटिदैन।
चौधरी द्वारा क्यामरामा कैद गरिएका केहि सेलिब्रेटीहरु साथै ब्येंड लिस्ट
1)Nepathya 2)1974 AD 3)The Axe Band 4) Kutumba 5)Mukti n Revival 6)The Edge Band 7)Mantra Band BEight 8) Rajesh Hamal 9) Bhusan Dahal 10) Ravi Lamichhane 11) Rajesh Payal Rai 12) Karna Das 12)Sugam Pokhrel 13) Nabin Bhattarai 14) Anju pant 15) Trishna Gurung 16)Dharmendra Sewan 17) Kamal Khatri 18) Laure Sandip Chhetri 19) Suraj Singh Thakur 20) Sushant Khatri 21) Nepal Idol 1 (Pratap das, Nishan Bhattarai, Buddha lama, Pramila rai) 22) Sushil Nepal 23) Hercules Basnet 24)Preety Ale 25)Sushant KC 26)Meghna Gyawali 27)Sujata Manandhar 28)Raj K Goswami 29)Samir Acharya 30) Ishwor Pokharel Abiral 31)Biswas Shrestha 32)Rajesh KC 33) Dil Tamang 33)Pradeep Chapagain 34)Naren Kulung 35)Dance group 36)The Next Hi5 Nep-Dreamerz Nepindo group
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
८ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४