सुर्खेतमा ‘आत्महत्या’ गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि
सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी भनिएकी एक महिलाको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा आत्महत्या गरेकी भनिएकी ती महिलामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
डा. तिवारीका अनुसार ती महिला जेठ १२ गते भारतबाट नेपाल आएकी थिइन् । भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेपछि आरडीटी विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।
ती महिलाले यही असार १ गते, सोमबार आत्महत्या गरेको जनाइएको छ । उनको शव असार २ गते मंगलबार पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो ।
भारतबाट आएको भनेपछि अस्पतालले मृतक महिलाको शव पोष्टमार्टम गर्नुअघि मंगलबार साँझ नै वाब संकलन गरेको थियो । उनको बुधबार आएको रिपोर्ट पोजेटिभ देखिएको डा. तिवारीले बताए ।
कर्णाली प्रदेशमा यसअघि ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा बुधबार थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।
जसमध्ये १ हजार १६७ जना निको भएर डिस्चार्ज भएका छन् । Source: khabarhub
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
८ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४