add post
  • Terai Nepal
  • २०७७ जेष्ठ २५ गते, आईतवार १६:०८ मा प्रकाशित

थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु

थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअलमार्फत अनलाईन पत्रकारिता तालिमको आयोजना गरेको हो ।

थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहितको अध्यक्षता तथा महासचिव सन्त कुमार चौधरी, सल्लाहकारद्धय डा. कृष्णराज सर्वहारी, लक्की चौधरी, कारी महतोको विशेष उपस्थितिमा तालिमको उद्घाटन गरिएको हो ।

तीन दिनसम्म चल्ने अनलाइन पत्रकारिता तालिममा आज गुगल टूलको उपयोगिता र महत्व विषयमा दुर्गा चौधरीले र आम संचार बारे सन्तकुमार चौधरीले प्रशिक्षण दिनु भएको छ।

नेपालमा सञ्चारममा थारुहरुको अवस्था, इतिहास र सम्भावना को विषयमा डा. कृष्णराज सर्वहारी, नेपाली पत्रकारिताको शैली र न्यूज मिडियाको विषयमा लक्की चौधरी, फिल्ड रिपोर्टिङ र संकटको वेलामा पूर्व तयारी कसरी गर्ने विषयमा ठाकुरसिंह थारु र पत्रकार आचासंहिताको विषयमा डण्ड गुरुङले सहजीकरण गर्ने संघका महासचिव सन्तकुमार चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी समाचार, समाचार स्रोतबारे पार्वता चौधरी, अनलाईन पत्रकारिताको विषयमा उन्नति चौधरीरीले सहजीरकण गर्नुहुने छ ।

अनलाइन पत्रकारिता तालिममा तराई का २४ जिल्ला तथा विदेशमा रहेका थारु पत्रकार गरी ७० जनाको सहभागिता रहेको छ ।