उदयपुरमा दिदी भाइलाई कोरोना संक्रमण
सुखिलाल चौधरी
उदयपुर । यहाँको एक परिवारका दिदी भाइलाई नै कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टी गरेका कोरोना संक्रमित मध्ये जिल्लाका ४ मध्ये एकै परिवारका दिदी भाई नै कोरोना संक्रमित भेटिएका हुन ।
कोरोना संक्रमितहरु त्रियुगा नगरपालिका वडानम्बर १० बोक्सेका २४ वर्षीय युवती र भाइ १९ वर्षीय युवक रहेका छन् । उनीहरु हप्ता दिन अघि दिल्ली हुँदै भैरहवा सुनौली नाकाबाट नेपाल प्रवेश गरेका थिए । भैरहवा सुनौलीबाट त्रियुगा नगरपालिकाले लिएर आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवध नारायण चौधरीले जानकारी दिए ।
त्यस्तै कटारी नगरपालिका १३ का २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनी काकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए । उनलाई काकडभिट्टाबाटै नगरपालिकाले लिएर आएको कटारी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश दाहालले बताए ।
जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढी गाउँपालिका ५ का एक २५ वर्षीय युवामा पनि संक्रमण देखिएको छ । उनलाई कोशी अस्पताल विराटनगरको ल्याव्मा कोरोना संक्रमण भएको पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । संक्रमित युवा १० दिन अघि भारतको दार्जलिङबाट आएर उदयपुरगढीकै क्वारेन्टाइनमा बसिरहेका प्रमुख प्रशासकिय अधिकृत माधव सुवेदीले बताउनुभयो ।
पछिल्लोपटक थपिएसँगै उदयपुरमा कोरोना संक्रमित संख्या ४० पुगेको छ । जसमध्ये ३२ जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४