कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२ पुग्यो
कोरोना भाइरसक संक्रमित थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ। डोल्पाका ५८ वर्षीय संक्रमितको मृत्यु भएको हो।
डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको स्वाब परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पातल निर्देशक डा मंगल रावलले जानकारी दिए। उनका अनुसार सुर्खेतमा अस्थायी बसोबास गर्ने ती पुरुषको होम क्वारेन्टाइनमा नै मृत्यु भएको हो।
उनी सुर्खेतबाट १६ गते डोल्पा पुगेका थिए। उनको जेठ २० गते मृत्यु भएको हो। मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको हो। भौगोलिक विकटताका कारण प्रतिष्ठानको टोलीले २ दिनपछि उनको स्वाब ल्याएका थिए। पिसिआर परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको डा रावलले जानकारी दिए।
यो सहित नेपालमा कोरोना भाइरस पोजिटिभ देखिएकाको मृत्यु संख्या १२ पुगेको छ। कर्णाली प्रदेशमा भने मृतकको संख्या ३ पुगेको छ।
-
नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
५ महिना अगाडि -
बारामा मतगणना सुरु
७ महिना अगाडि -
चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
७ महिना अगाडि -
खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य पेहनी होड
११ महिना अगाडि