add post
  • तराई नेपाल
  • २०७७ जेष्ठ २२ गते, बिहीबार १०:३५ मा प्रकाशित

क्वारेन्टाइनबाट घर फर्केका युवकको मृत्यु

पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा बिहीवार बिहान मृत्यु भएको हो ।

उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आएका थिए । बुधवार साढे ४ बजे आरडीटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो । नगरप्रमुख उपेन्द्रबहादुर थापाले स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको जानकारी दिए । स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुंगो लाग्नेछ ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो । ती युवालाई घरदेखि ४०० मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टिनका रुपमा बसालिएको थियो । रासस

तराईसबै