add post
  • Terai Nepal
  • २०७७ बैशाख २५ गते, बिहीबार १०:५८ मा प्रकाशित

हजारौंको पन्चबली दिइने राजदेवी मन्दिरमा यसपाली तिन बलि मात्र

लहान| वैशाख शुक्ल पूर्णिमाको दिन हरेक बर्ष लहान १५ ढोढनास्थित राजदेवी मन्दिरमा हजारौंको पन्चबली दिइने विशेष मेला कोभिड १९ लकडाउनका कारण स्थगित गरि आर्मी परिचालन गरि कर्फ्यु लगाएको छ । यस मेलामा सिरहा, सप्तरी, सुनसरी , मोरंग ,उदयपुर, धनुषा, सर्लाही, मोहतरी ,बारा ,पर्सासहित छिमेकी मुलुक भारतको बिहारको लाखो दर्शनार्थीहरुको भिड लाग्ने हुदा यो बर्ष लकडाउनमा स्थानीय हरुको दर्शन भिड लाग्छ कि भनेर कर्फ्यु लगाएको हो मान्दिर समितिले जानकारी दिएको छ ।

यस मन्दिरमा पशुपक्षीको बलि दिएर राजदेवी माताको भाकल पूजाअर्चना गरे सन्तान प्राप्ति, रोगव्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने विश्वास रहेको छ।
हरेक बर्ष बिहाने देखि पुजा गरि हजारौंको पन्चबली दिने यस मन्दिर यसपाली लकडाउनका कारन साझ ८ बजे मात्र पुजा गरिनेछ र तिन ओटा  पशु बलि मात्र दिइनेछ राजदेवी मन्दिर ( देवी थान )का पुजारी थारुले जानकारी दिएको छ ।

एक बिघा पाँच कठ्ठा पाँच धुर क्षेत्रफलमा जङ्गलको बीचमा रहेको मूर्ति बिनाको मन्दिरमा छ। बलि दिइएको पशुपक्षीको रगतले मन्दिर परिसर रक्ताम्मे हुने भएपनि भोलिपल्टदेखि दुर्गन्ध नआउने र झिँगा समेत नलाग्ने हुदा त्यसमा राजदेवीको शक्ति रहेको जनविश्वास रहेको छ।