भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुग्यो, एकै दिन १० जनाको मृत्यु
एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ४५ पुगेको छ। भारतमा बुधबार मात्रै १० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्। यद्यपि कतिपय भारतीय सञ्चारमाध्यमले भने कोरोनाबाट हालसम्म ५१ जनाको मृत्यु भइसकेको उल्लेख गरेका छन्। यस्तै भारतमा हालसम्म कोरोना भाइरसबाट १५ सय ९० जना संक्रमित भएको पुष्टि भएको छ। चीनको हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वव्यापी बनेको छ। बुधबार दिउँसोसम्म संसारभर ४२ हजारभन्दा बढीको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख ६० हजारभन्दा बढी संक्रमित बनेका छन्।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४